सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतले रोक्यो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मीको नियुक्ति

२०८० माघ ८, १२:१५ खबर संवाददाता

काठमाण्डौँः पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले रोकिदिएको छ।

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए। उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।

आदेशमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति रोकिएको पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।

कमेन्ट लोड गर्नुस