सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

२०८० पुष २८, ०८:४८ खबर संवाददाता

कैलालीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

लम्की चुहा नगरपालिका-१ लम्कीबाट ४०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ वस्ने २० वर्षीय कमल शाही शुक्रवार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस