कैलालीको गोदावरीबाट अबैध काठ बरामद

२०८० पुष २६, ०७:५७
धनगढीः कैलालीको गोदावरीबाट अबैध काठ बरामद गरिएको छ। गोदावरी नगरपालिका–१० खमौरा सब डिभिजन वन कार्यालय अत्तरियाबाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ बरामद गरेको छ।
स्थानीय शेरबहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय अत्तरियाले जनाएको छ। बरामद सालको काठ चिरान गरिएको २ सय ५० थान (१ सय २० क्युफिट) रहेको सव डिभिजन वन कार्यालय अतरियाबाट कार्यालय प्रमुख निराजन कडालले बताए।


कमेन्ट लोड गर्नुस