सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामबहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद

२०८० पुष २५, १०:४५ खबर संवाददाता

काठमाडौँ: ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ। 

हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन्। बरामद नगद ५ सय र १ हजार दरका छन्। सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ। बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन्। 

कमेन्ट लोड गर्नुस