सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

२०८० पुष २३, ०८:३१ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ शिबटोलबाट १२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोहि ठाउँका २२ वर्षीय शंकररानासहित दुई जना आईतवार दिउँसो पक्राउ परेका हुन्। प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस