सुदूर नेपाललाई विश्वसँग जोड्दै

तराईमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भू–भागमा हिमपात

२०८० पुष २०, ०६:१३ खबर संवाददाता

धनगढीः देशको तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ।

कमेन्ट लोड गर्नुस