सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत प्राधिकरणको सञ्चालक समितिमा ऐर नियुक्त

२०८० पुष १७, ०४:२५ खबर संवाददाता

काठमाडौंः नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्यमा डडेल्धुराको अमरगढी नगरपालिका–४ का इन्जिनियर रतनबहादुर ऐर नियुक्त भएका छन्।

प्राधिकरणको अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार (पुस १६ गते) बसेको बोर्डको बैठकले सञ्चालक सदस्यको रिक्त पदमा ऐरलाई ४ वर्षका लागि नियुक्त गरेको हो।

विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैर–सरकारी व्यक्तिहरूमध्येबाट ऐरलाई नियुक्त गरिएको छ। सिभिल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका ऐरसँग प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्षभन्दा बढी अवधि काम गरेको अनुभव छ।

कमेन्ट लोड गर्नुस