सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत विद्यार्थीबाट भोजन सेवा
धनगढीः सैनिक आवासीय महाविद्यालय तेघरी (अत्तरिया)मा अध्ययनरत विद्यार्थीले भोजन सेवा गरेका छन्।
पौष १५ को अबसरमा मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भोजन सेवा गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक सिद्धेश्वर पन्त, व्यवस्थापक एवं प्रमुख सेनानि आयुस बिक्रम राणासहित शिक्षक–शिक्षिका कर्मचारी र कक्षा १२ का विज्ञान र व्यवस्थापनका विद्यार्थीको उपस्थितिमा महाविद्यालयबाट तयार गरेर ल्याएको दाल, भात, तरकारी साग, पनिर, पापड दही र फलफूल दिने काम भएको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए।