धनगढीबाट ४३ हजारका भन्सार छलीका सामान बरामद

२०८० पुष १४, ०८:२१
धनगढीः कैलालीको धनगढीबाट ४३ हजारका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट ४३ हजार आठ सय ५० रुपैयाँका भन्सार छलीका सामान बराम गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चिनि, पानीपुरी, ललिपप, खजाना, चप्पल, सरप, नरिवल चकलेट, पास्ता, घडी चकलेट, मासको दाल लगायतका सामानहरू शुक्रवार साँझ प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले बेवारिसी सामान बरामद गरेको बताएको छ।


कमेन्ट लोड गर्नुस