मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमवार प्रदर्शन भएको हो। सनातन धर्मावलम्बी नेपालीको अगुवाइमा सोमवार काठमाडौँमा प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले संसद् भवन घेराउ गर्दै मन्त्री किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन्। उनीहरुले गौशालाबाट बानेश्वरसम्म शंख बजाउँदै विरोध ¥याली गरेका थिए।