सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा निर्वाचनः दलहरूलाई चुनाव चिन्ह प्रदान

२०८० पुष १, ०८:५० खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दलले चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले दर्ता भएको १२ वटै राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतवार बसेको बैठकले चुनाव चिन्ह प्रदान गरेको बताए।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्। आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

कमेन्ट लोड गर्नुस