रथीमा बढुवा भएका सिग्देललाई दर्ज्यानी चिह्न प्रदान
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/ashokraj-sigdel_yd4xDNXnnI.jpg?itok=qAi9Ds4R)
काठमाडौँ: प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई शुक्रवार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सिग्देललाई मंसिर २८ गते मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल विसं २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटमा प्रवेश गरेका थिए। उनी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति शर्माले सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोषवल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरे। रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन्।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)