सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना

२०८० मंसिर २९, १०:४९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल र हाइस एक आपसमा ठोक्किदा शुक्रवार साँझ दुर्घटना भएको छ।

गौरीगंगा नगरपालिका– ६ बनबेहडामा पुर्ववाट पश्चिम दिँशातर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ज १५४० नम्बरको हाइस र विपरीत दिँशाबाट आइरहेको सुदुरपश्चिम प्रदेश ०१–०१०प १३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी नगरपालिका–८ का अन्दाजी ३० वर्षीय टेकेन्द्र शाही गम्भिर घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। हाइस र सहचालकलाई नियन्त्रणमा लिएको छ। चालक भने फरार रहेको जिल्ला पैहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

कमेन्ट लोड गर्नुस