सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरको छतबाट खसेर धनगढीमा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी घाइते

२०८० मंसिर २७, ०४:५७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा घरको छतबाट खसेर एक जना कर्मचारी घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका रवीन्द्र भट्ट आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार उनी मंगलवार आफ्नै घरको छतबाट खसेर घाइते भएका हुन्।

घाइते भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ। उनी राष्ट्रिय अनुसन्धान विभाग महेन्द्रनगरमा अनुसन्धान सहायक कर्मचारीको रुपमा कार्यरत छन्।

कमेन्ट लोड गर्नुस