सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ

२०८० मंसिर ४, ०३:१४ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन्। नेपाल प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतवार राति पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

 

कमेन्ट लोड गर्नुस