हरियाली धनगढी अभियानमा एपोलो पेन्टसको साथ
२०८० असार २९, ११:४२
धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा एपोलो पेन्टसले पनि साथ दिएको छ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै एपोलो पेन्टसले २५ वटा विरुवाका लागि एक लाख पच्चीस हजार रुपैयाँ सहयोग गरेको हो। उपमहानगरपालिकाले थालेको यस अभियानमा जोडिनेको संख्या बढ्दै गएको छ।
कमेन्ट लोड गर्नुस