२ अर्ब ५८ करोड युनिट विद्युत आयात
नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतबाट अघिल्लो आर्थिक वर्षमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको छ ।
गत वर्ष प्राधिकरणको प्रसारण प्रणालीमा आबद्ध भएको कुल ऊर्जामध्ये यो ३६ प्रतिशत हो ।
२०७४/७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैँले ३३ प्रतिशत उत्पादन गरेको थियो ।
यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।
भारतबाट आयातित विद्युतको औसत मूल्य सात रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत हिउँदमा मात्र आयात हुन्छ ।