सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षमा १८ अर्बको बिजुली आयात

२०७५ भदौ १, ०७:५१

आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ ।
नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो । 
प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ । 
भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ । 
प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ । 
अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो । 

कमेन्ट लोड गर्नुस