सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिराखेका दुई ट्रकमा आगजनी

२०७५ साउन २९, ०७:४१

पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकाम मंगलबार बिहानै  आगजनी गरिएको छ । 
कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ । 
बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त का त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ । 

कमेन्ट लोड गर्नुस