राष्ट्रकवी घिमिरे सिकिस्त, अस्पताल भर्ना

२०७५ जेठ ७, १२:०९
राष्ट्रकवी माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेका छन् । एक हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवी घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । उनलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको डा किरण रेग्मीले जानकारी दिइन् । अहिले राष्ट्रकवी घिमिरेको उपचार भइरहेको छ ।






कमेन्ट लोड गर्नुस