सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात व्यवसायी प्रतिस्पर्धामा जान बल्ल भए तयार

२०७५ वैशाख २४, ११:४९

यातायात क्षेत्रमा एकछत्र राज गर्दै आएका व्यवसायी प्रतिस्पर्धामा जान बल्ल तयार भएका छन् । यातायातमा रहँदै आएको सिन्डिकेट हटाएर प्रतिष्पर्धामा जान व्यवसायी तयार भएका हुन् । सरकार र यातायात व्यवसायीबिच आइतबार भएको छलफलमा सिन्डिकेट हटाउने सहमति भएको हो । यातायात व्यवसायीहरु आन्दोलन फिर्ता गर्न र कम्पनीमा जान सहमत भएका हुन् । सरकारले यातायात समिति र संघलाई कम्पनीमा दर्ता हुने भनेपनि त्यसको विपक्षमा रहेका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएका व्यवसायीलाई पक्राउ गर्दै सरकार रुट परमिट खारेज गर्ने प्रक्रियामा लागेपछि सिन्डिकेट पक्षधरका व्यवसायी गलेका हुन् । देशभर पक्राउ परेका सिन्डिकेट पक्षधरका व्यवसायी यसअघि नै रिहा भइसकेका छन् । आफ्ना गाडीलाई कम्पनी अन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि उनीहरु रिहा भएका हुन् ।
 

कमेन्ट लोड गर्नुस