सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्पर्क विहीन मकालु एयरको खोजी कार्य जारी

२०७५ जेठ २, १०:१७

बुधबार बिहानदेखि सम्पर्क विहीन भएको मकालु एयरको कार्गो जहाजको खोजी कार्य जारी रहेको छ । सुर्खेतबाट हुम्ला सदरमुकामका लागि उडेको जहाज वाजुरा विमानस्थलको अन्तिम सम्पर्कमा रहेपछि वेपत्ता भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिए । उनका अनुसार सो जहाजले वाजुरा र हुम्लाको सीमा क्षेत्रमा ’फोर्स ल्यान्डिङ’ गरेको आशंका गरिएको छ । हुम्लाबाट माउन्टेन एयरको दुई वटा हेलिकप्टरले खोजी कार्य जारी राखेको छ । नाईन एन जेयु विमानमा चालक दलका सदस्य किरण भट्टराई र आदित्य नेपाली सवार थिए ।  

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्क विहीन भएको थियो । जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । सिंगल ईन्जिनयुक्त सो जहाजले सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोट उडेको थियो । बिमान दुर्घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल तर्फ गइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
 

कमेन्ट लोड गर्नुस