सुदूर नेपाललाई विश्वसँग जोड्दै

गल्ती नगर्नेहरुले डराउनु पर्दैन : प्रधानमन्त्री

२०७५ भदौ १, ०६:५२

 प्रधानमन्त्री केपी ओलीले मुलुकी देवानी र मुलुकी अपराध संहिता कतिपयले वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताएका छन् ।
उनले भने – ‘संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु’ प्रधानमन्त्री ओलीले भने – ‘यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खोजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले समाजमा विकशित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका हुन् । 
कानुन मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेला देखि मुलुकी ऐनलाई संसोधन गर्ने काम सुरु भएको बताए ।
 ‘अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो’ प्रधानमन्त्री ओलीले भने -‘यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो ।’
प्रधानमन्त्री ओलीले संहितामा कमिकमजोरी केही भएमा संसोधन गर्न सकिने बताए । ‘यस संहितालाई कार्यान्वयन गर्न सरकार दृढ छ ।’ यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे ।

कमेन्ट लोड गर्नुस