सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय दलको नेतामा सहमति नभए निर्वाचन हुने

खवर संवाददाता, धनगढी 

२०७५ जेठ ४, ०६:५६

प्रदेश नम्वर ७ मा प्रतिपक्ष दल नेपाली काग्रेंसले संसदीय दलको नेता सहमतिय हिसावले नभए पनि निर्वाचनकै माध्यमले छनोट गर्ने भएको छ । सरकार गठन भएको तीन महिनासम्म् पनि  संसदीय दलको नेता छान्न नसकेपछि नेपाली काग्रेंसले केन्द्रिय सदस्य एनपि साउँदलाई सहमति गर्न यसक्षेत्रमा खटाएको छ । केन्द्रिय सदस्य तथा पुर्व मन्त्री साउँदले एक दुई दिनभित्रै सहमतिको प्रयासवाट सम्भव नभएपछि निर्वाचनकै विधिवाट संसदीय दलको नेता छान्ने वताए । उनले सहमतिको प्रयासहरु भईरहेको वताउँदै सहमति  नजुटेमा अव वलियो प्रतिपक्षको भुमिका निर्वाह  गर्नका लागि संसदीय दलको नेता छान्नुको विकल्प नरहेको जिकिर गरे । 

संसदीय दलको नेताका लागि  सवैभन्दा वढी तीन जना आंकाक्षी देखिएका छन । डाक्टर रणवहादुर रावल, भरत बहादुर खड्का र कर्ण मल्लले दलको नेताका लागि  दावी गर्दै आएका छन् । त्यसमा पनि पहाडी क्षेत्रलाई दिने की तराई क्षेत्रलाई दिने भन्ने विवाद देखिएको छ । प्रदेश ७ मा काँग्रेसका प्रत्यक्षवाट ४ र समानुपातिकवाट ८ गरी १२ जना प्रदेश सभा सदस्यहरु रहेका छन । यस्तै दुई जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय जनता पार्टीले पनि संसदीय दलको नेता छान्न सकेको छैनन् । कृष्ण चौधरी र मालामती रानामध्ये को संसदीय दलको नेता हुने सहमति जुटेको छैन् । 

कमेन्ट लोड गर्नुस