सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाईसिएल धनगढीको अध्यक्षमा कार्की

२०७५ वैशाख २९, ०२:४२

नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसिएल धनगढी नगर कमीटीको अध्यक्षमा बसन्तसिह कार्की चयन भएका छन् । आज भएको नगर अधिबेशनले कार्कीलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सुरेश सुनार र जनक सामन्त चयन भएका छन ।

त्यस्तै सचीवमा निरजजग सिंह, सह–सचिव भुबन भट्ट, कोषाध्यक्षमा पुजा भट्ट लगायत ४१ सदस्यीय समिति चयन भएका छन । कार्यक्रममा माओवादीका धनगढी नगर ईन्चार्ज रमेश धामी, नेता सुरज खाती लगायतको उपस्थिति रहेको थियो ।

धनगढी नगर कमीटीका अध्यक्ष कार्कीले अब धनगढी उप–महानगरपालिकाका १९ वटै वडामा कमिटी बिस्तार र सदस्यता बितरण गर्ने बताउनु भयो । उहाले अब धनगढी नगरमा हुने चोरी सिकारी तथा कालोबजारी लगायतका विकृती नियन्त्रणमा लाग्ने बताउनु भयो ।

 

कमेन्ट लोड गर्नुस