सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लेन सडक निमार्णको ढिलाईले सकस (अडियो रिर्पोट सहित)

२०७५ जेठ ८, ०२:२७

मोहनापुल अत्तरिया ६ लेन सडक निमार्णको काममा ढिलाई हँुदा स्थानीय वासिन्दा तथा व्यापारीहरु सबैभन्दा बढी मर्कामा परेका छन । प्रचण्ड गर्मीमा दिनभरी हुरी चल्ने र त्यसले धुलो उडाउने गरेपछि यात्रुहरु सहित वरपरका व्यापारी र स्थानीय वासिन्दा सबैभन्दा बढी समस्यामा परेका हुन । मोहनापुलदेखी बोराडाँडीसम्म एक त जथाभावी निमार्ण सामाग्री राखिदा व्यापार व्यवसाय चौपट भएर घाटा बेहोरिरहेका व्यापारीहरु दिनभरी उड्ने धुलोले झनै समस्यामा परेका छन । ६ लेन सडक निमार्णमा ढिलाई हुदा दिनभरी उड्ने धुवाधुलोका कारण यात्रुहरु सहित वरपरका व्यापारी र स्थानिय वासिन्दा सबैभन्दा बढी समस्यामा परेका हुन । निमार्ण कम्पनीले एकैपटक सबैतिर काममा हात हालेको तर पुर्णता कतै पनि दिन नसकेका कारण दिनभरी उड्ने धुवाधुलोले सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ । 

निमार्ण कम्पनीले नाली बनाउने भन्दै सबैतिर एकैचोटी डोजर लगाएको छ भने ढुंगा ईटा, सरिया लगायतका निमार्ण सामाग्री व्यापारीहरुका पसल अगाडी थुपारेको छ । जसले गर्दा एकातिर व्यापार व्यवसाय चौपट भएर मारमा परेका व्यापारीहरु दिनभरी उड्ने धुलोले झनै आजीत भएका हुन । उनिहरुले धुलोबाट बच्न आफ्नो पसलमा प्लाष्टिकको पर्दा लगाएका छन । व्यस्त बजार क्षेत्र पनि रहेको मोहनापुलदेखि बोराडाँडीसम्मको निमार्णाधीन सडक क्षेत्रमा बैशाख जेठको हुरीले धुलो उडाएर हैरान पारेको छ तर निमार्ण कम्पनीले सामान्य पानी छर्कने व्यवस्था समेत गरेको छैन ।

यो संगै एक ठाउँमा काम सकेर अनि बल्ल अर्काे ठाउमा काम थाल्नुको साटो एकै पटक सबै ठाउमा खनेर छोडेपछि झनै समस्या भएको हो । तर निमार्ण कम्पनी नागार्जुन निर्माण  सेवाका ईन्जिनियर विरेन्द्र सिंह ऐरीले भने निर्माणकार्य गरिरहेको दावी गरेका छन । ६ लेन सडक निमार्ण हुनुपर्ने भन्दै धनगढीका वासिन्दाले बजार बन्द गराएर समेत आन्दोलन गरेका थिए । तर अहिले निमार्णको काममा ढिलाई हुदा भने स्थानीय वासिन्दा निरास छन । 
 

कमेन्ट लोड गर्नुस