सुदूर नेपाललाई विश्वसँग जोड्दै

वोक्सीको आरोपमा कुटिएकी राधा कक्षा ११ को परिक्षा दिदै

२०७५ वैशाख ३०, ११:३७

वोक्सीको आरोपमा कुटिएकी राधा चौधरी आजदेखि सुरु भएको कक्षा ११  को परिक्षामा सहभागी भएकी छिन्।  कैलालीको घोडाघोडी  नगरपालिका वडा नम्वर ५ देउकलियाकी  राधा आजदेखि सुरु भएको  परिक्षामा  सहभागी भएकी हुन्। घोडाघोडी नगरपालिकाको सुख्खड वजारमा रहेको घोडाघोडी वहुमुखी क्याम्पस परिक्षा केन्द्रवाट उनले आज आंग्रेजी विषयको परिक्षा दिएकी छिन। उनि लामो समयको परामर्शपछि  परिक्षामा सामेल भएकी हुन। यसअघि धनगढीमा परामर्श दिएपछि उनलाई काठमाण्डौ पठाईएको थियो। गत फागनु २४ गते  अन्तराष्ट्रिय महिला  दिवसकै दिन राधा लगायतका युवतीलाई भोलेवावा  अर्थात रामवहादुर चौधरीले निर्घात कुटपिट गरेका थिए। उनीहरु अहिले जेल सजाय भोगिरहेका छन। 
 

कमेन्ट लोड गर्नुस