सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनका कर्मचारीमाथि आक्रमण

२०७५ जेठ १०, ११:३०

जिल्ला वन कार्यालय कैलालीका कर्मचारीमाथि आक्रमण भएको छ। कैलारी गाउँपालिका वडा नम्वर ७ बसन्ता क्षेत्रमा निर्माण भईरहेका भौतिक संरचना हटाउन गएको बनको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्। वडा नम्वर ७ को वैजपुर स्थीत वन क्षेत्रमा स्थानीयले संरचना बनाईरहेका थिए। सेक्टर वन कार्यालय पहलवामनपुरका उप सचिव भिम कडेल, रेञ्जर राम अपतार चौधरी, कार्यालय सहयोगी महेश चौधरीमाथि वन क्षेत्र अतिक्रमण गर्दै आएकाले आक्रमण गरेका हुन्। स्थानीयले हातपात गरेपछि रेञ्जर चौधरी र कार्यालय सहयोगी चौधरी घाइते भएका जिल्ला वन अधिकृत नवराज काफ्लेले जानकारी दिए। आक्रमण गर्नेहरुलाई कारवाहीका लागि अहिले प्रमुख जिल्ला अधिकारीसंग छलफल भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस