सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटर साईकल चोरीमा संलग्न ३ जना पक्राउ    

२०७४ चैत्र १९, ०२:५२

प्रहरीले मोटर साईकल चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

आईतवार राती धनगढी उपमहानगरपालीका वडा नम्बर ५ का नरेन्द्र शाहको आफ्नै घरको बरन्डामा राखेको से ४ प. ६५५२ नम्बरको मोटर साईकल चोरी गरी लगी रहेको अवस्थामा वडा प्रहरी कार्यालय बाट खटिएको प्रहरीको गस्ती टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ध.उ.म.न.पा १० बस्ने २३ वर्षका दिनेश राना, सोही ठाउँका २२ वर्षका रामखिलन राना, र २५ वर्षिय जगदिश राना रहेका छन्।

पक्राउ परेका ३ जना लाई मोटर साईकल चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विर बहादुर बुढामगर जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस