सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री परिषद बैठक, के के निर्णय भयो ?

२०७५ वैशाख ३१, ०६:५३

आज बसेको प्रदेश नम्वर ७ को मन्त्रीपरिषको बैठकले प्रदेश विनियोजन बिद्येयक, २०७५ तर्जुमा गर्न सैद्घान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रश्ताव गरेको प्रदेश विनियोजन बिद्येयक, २०७५ तर्जुमा गर्न सहमती भएको हो। बैठकले प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न वनेको विद्येयक तर्जुमा गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो। आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विद्येयकको प्रश्ताव सिद्घान्त र प्राथमिकता स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला मन्त्री झपट बोहराले जानकारी दिए। आजको बैठकले “हेलो सिएम” कार्यक्रमको कार्यविधि मस्यौदा स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए। आजको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह र सामाजिक विकास मन्त्री दिर्घ सोडारी अनुपस्थित थिए। 
 

कमेन्ट लोड गर्नुस