सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ मा 'ओल्के' को रौनक

२०७५ भदौ १, ०९:३७

प्रदेश ७  मा हर्षोल्लासका साथ आज ओल्के पर्व मनाईंएको छ । भाद्र सक्रान्तिका दिन ओल्के पर्व मनाईन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यो दिन ओल्केको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूँड र पक्वान्न आदि मान्यजन र आफन्तकोमा लगेर भेटघाट गर्न जाने चलन पनि छ । धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाउने चलन समेत छ ।

पहाडि जिल्लामा मकै खानुभन्दा अगाडि नजिकको मन्दिरमा चढाएर खाने चलन छ । यो पर्व नेपालका सुदूरपश्चिमको साथै भारतको कुमाउँ गढवालतिर पनि मनाईंन्छ ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबै जना मिलेर रूखका हाँगाबिँगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ । यो बूढीलाई असोज सक्रान्तिको बेलुका गाउँका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ । यसले गाउँमा आउने अनिष्ट नष्ट हुने विश्वार गरिन्छ । आल्केको दिन साग दिन आएकालाई मिठो मसिनो खुवाएर पठाउने चलन छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहि आएको हो । यस पर्वपछि विभिन्न चाडपर्व शुरु हुने भएकाले यहाँका वासिन्दा यसलाई जेठो पर्व पनि भन्ने गर्दछन ।  

 

कमेन्ट लोड गर्नुस