सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारलाई वधाई तथा शुभकामना

२०७५ वैशाख २८, ०८:२६

प्रादेशिक निर्माण व्यवसायी संघले प्रदेश.नम्वर ७ का मुख्य मन्त्री लगायतका ६ ओटै मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएको छ । देश संघीयतामा गएसगैं विभिन्न संघ संस्थाहरु पनि पारदेशिक संरचनामा गएपछि पहिलो पटक गठन भएको सरकालाई मन्त्रालयमै पुगेर बधाई तथा शुभकामना दिईएको हो । 

महासघंका अध्यक्ष मदन कुवँरको नेर्ततवमा गएको टोलीले निर्माण व्यवसायीहरुका  समस्याहरु र आइपर्ने चुनौतीहरुलाई प्रदेश सरकारले समाधान गर्ने आशा व्यक्त गरेका छन । सघंका पदाधिकारीसँग कुरा गर्दै मन्त्रीहरुले विकास निर्माणमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उनीहरुले संस्था र प्रदेश विकास अनुकूलको निति वनाउने मुख्य मन्त्री त्रिलोचन भट्टले वताए । 

कमेन्ट लोड गर्नुस