प्रदेश नम्वर सातका मुख्यमन्त्रीलाई खुलापत्र
सम्माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यु ..!
तपाइको समर्थक
र तपाइको अन्धभक्त
एक युवाको तर्फबाट लालसलाम
कमरेड,
महान १० बर्षे जनयुद्धको उपलब्धी र बदलिदो राज्य व्यवस्था त्यसबाट प्रभावित जनताको बिषयलाई समेटेर आज यो पत्र लेख्दैछु !
मुख्यमन्त्री ज्यु,
जनयुद्धको बारेमा मैले तपाइलाई केही प्रश्न गर्नुछैन किनभने सुदुर पश्चिमवासीले दिएको साथ समर्थन र बलिदानको बारेमा तपाईलाई थाहा नभएको पक्कै पनि छैन होला । जनताको मुक्तीको लागि भन्दै परिवर्तनको निम्ति देश युद्धमा होमियो र त्यसबाट प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भयो । तर जनताको मुक्तिको लागि नभएर जनताको ढाडमा दाल दल्ने खालको व्यवस्थाले गर्दा जनता मर्नु न बाँच्नुको दोधारमा छन् । के यस्तै व्यवस्था चाहेका थिए जनताले ? के सहिदहरूको सपना यही थियो त ? होइन होला ..!
कमरेड,
एक चोटी आँखा चिम्लेर सोच्नुहोस् सुदुरपश्चिमका जनताको बारेमा जसले तपाईलाई त्यो स्थानसम्म पु¥यायो ! यदि पहाडका जिल्लाहरूको अनुगमन गर्नुभएको छैन भने जानुहोस् हेर्नुहोस् र बुझ्नुहोस् बझाङ्ग, बाजुरा, दार्चुला लगायतका जिल्लाहरूको कुना काप्चामा साना साना बस्ती छन् नाङ्गा भोका बालबालिका छन् र बिहान बेलुका खान पनि नपुग्ने भोक भोकै मर्नु पर्ने यस्तो दयनीय जनताको बसोबास छ ।
तपाइले लगाउनु भएको कर उनीहरूले कहाँबाट ल्याएर राज्यलाई बुझाउँछन् ? के यही हो सुशासनको अनुभव ? यदि पहाडको यात्रा कठिनाई लाग्छ भने मान्यता प्राप्त आँखा अस्पताल गेटा नजिकै छ । यस्तो लेन्सको प्रयोग गर्नुहोस् जसले पहाडका कुना कन्धरा र बाढी पहिरोले जोखिमयुक्त वस्तीहरू सजिलै धनगढीबाट अवलोकन गरियोस् ।
ठीक छ हामी गुनासो गर्दैनौं तर गरीबीको पिडा र गरिवीको मर्मको बारेमा तपाइ बुझ्नुहुन्छ होला । समय निर्धारण गर्नुहोस् आयश्रोतको वर्गीकरण गरेर कति र कति बर्ष कर तिर्नुपर्छ ? ठोकुवा गर्नुहोस् र छातीमा हात राखेर भनि दिनुहोस् जनतालाई कति बर्षमा सुशासनको अनुभव हुन्छ ? र कति बर्षमा बन्छ समृद्ध सुदुरपश्चिम ? हामी तयार छौ । गुनासो त हामी यसमा गर्छौ गरिब निमुखा जनताबाट प्राप्त कर राजा महाराजा र कर्मचारी मात्रै पाल्न ठीक्क छ भने के अपेक्षा गर्ने जनाताले ? के यसमा गम्भीर हुनुहुन्छ मुख्यमन्त्री ज्यु ?
केशवराज जोशी
आन्ध्र प्रदेश, भारत