सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकार समक्ष ध्यानाकर्षण पत्र पेश

२०७५ वैशाख १८, ०९:३५

प्रदेश नम्बर ७ मा सञ्चालित रेडियोहरुको हकहित र संरक्षणका लागि प्रदेश सरकार समक्ष ध्यानाकर्षण पत्र पेश गरिएको छ । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का उपमहासचिव गोविन्द रोस्यारा, केन्द्रिय सदस्य हरी जोशी, पूर्व सुदुरपश्चिम संयोजक अमिता कुवर तथा ७ नम्बर प्रदेशका विभिन्न स्वतन्त्र रेडियो सञ्चालकहरुको सामुहिक टोलीले आज प्रदेश राजधानी धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा रेडियोको लाइसेन्स वितरण गर्दा अन्तरराष्ट्रिय प्रचलन मापदण्ड विज्ञहरूको राय सुझाव र वैज्ञानिकीकरण पद्धतिबाट हुनु पर्ने , संख्यात्मक समस्याको व्यवस्थापनका लागि प्रदेश सरकारले बिशेष पहलकदमि लिनुपर्ने , बिधुत र टोलिफोन महसुलमा प्रदेश सरकारले सहुलियतको निति र्निमाण गनु पर्ने , लोक कल्याणकारी बिज्ञापनलाई प्रदेश स्तरबाट समान बितरण गनुपर्ने, सहुलियत कर प्रणलीको ब्यबस्था गनुपर्ने,  मिडियामैत्रि शासन ब्यबथा लागु गनुपर्ने, सञ्चार माध्यम र उधमिको पेशागत सुरक्षाको गयारेन्टि गनुपर्ने उल्लेख गरिएको छ ।

ध्यानकर्षण पत्र बुझ्दै उनिहरुले कानुनमा समेट्नु पर्ने बुँदाहरुलाई कानुनमा समेट्ने र प्रदेश सभा तथा मन्त्री परिषदबाट सम्बोधन गर्न सकिने कुरालाई सो ठाउँबाट रेडियो संचालकहरुलाई समेत बोलाई छलफल गर्ने गरी ध्यानाकर्षण पत्रको न्यायोचित सम्बोधन गर्ने बताए ।

कमेन्ट लोड गर्नुस