सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहलमानपुरका दुई बालक वेपत्ता

२०७५ जेठ ४, ०३:२०

कैलालीको पहलमानपुरबाट दुई जना बालक वेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका ९ रतिपुरका दुई जना वालक बैशाख २९ गते देखी बेपत्ता भएका हुन्।

पहलमानपुरको ज्ञानज्योती बोर्डिङ स्कुलमा कक्षा सातमा अध्यनरत १३ वर्षिय सुमन सिंह र सिताकुण्ड माध्यमिक विधालय गणेशपुरमा कक्षा ६ माअध्ययनरत १४ वर्षिय भरत शाह वेपत्ता भएको सिंहका बुवा अर्जुन सिंहले बताए। हजुरआमासंग पहलमानपुर बजार गएका दुबैजना एक साता अघि देखि वेपत्ता भएपछि परिवार चिन्तित भएका छन्।

बालकहरु वेपत्ता भएको खबर पाएर भारतबाट घर फर्केका अभिभावक सिंहले उनीहरुको कैलाली र कञ्चनपुरमा  खोजी गरेपनि फेला नपरेको बताए। परिवारले वालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस