सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कुकुर शाखाको उद्घाटन

२०७४ फाल्गुन १७, ०२:५४

प्रदेश नम्बर ७ को अस्थाई राजधानी धनगढीमा कुकुर साखाको उद्घाटन गरिएको छ ।

सात नम्बर प्रदेश प्रहरी संघिय ईकाईले स्थापना गरेको कुकुर शाखाको बिहिवार आयोजित एक समारोहका बिच प्रमुख अतिथि एआईजी माधव नेपालले उद्घाटन गर्नुभयो ।

अपराध अनुसन्धानमा सहयोग पुगाउने उदेश्यले कुकुर साखा संचलनमा ल्याईएको प्रहरीले जनाएको छ । यस अघि प्रदेश नम्बर ७ मा कुकुर साखा नहुदा अपराध अनुसन्धानका लागि मध्यपश्चिमबाट तालिमप्राप्त कुकुर ल्याईने गरिन्थ्यो ।

तर अव धनगढीमै तालीमप्राप्त कुकुरको साखा स्थापना भएपछि प्रदेश ७ मा अपराध अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धनगढीमा प्रहरीले संचालनमा ल्याएको कुकुर साखामा चार ओटा तालिमप्राप्त कुकुर राखिएका छन ।

अपराध अनुसन्धानमा सहयोग पुगाउने कुकुर साखाको संचालनका लागि प्रहरी मुख्यालय काठमाडौबाट प्रहरी सहायक निरिक्षकको कमान्डमा ६ जनाको छु्ट्टै प्रहरी जनशक्ती यहाँ खटि आएको छ ।

कमेन्ट लोड गर्नुस