सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीदेखि खप्तडसम्मको साईकल यात्रा सुरु

२०७५ जेठ ५, १०:११

कैलालीका तीन जना युवाले धनगढीदेखि खप्तडसम्म पहिलो पटक  साईकल  यात्रा सुरु गरेका छन । धर्तीको स्वर्ग खप्तडसम्म धनगढीदेखि साईकल यात्रा सुरु गरेका उनीहरुलाई  धनगढीमा  आज  विहान विदाई गरिएको छ । धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी तथा गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाहीलाई साइकलमा धनगढीदेखि खप्तडसम्मको यात्रा गर्नका लागि विदाई गरिएको हो । 

धनगढीको ट्राफिक चौराहमा तीनै जनालाई यात्राको शुभकामना सहित विदाई गरिएको हो । आज विहान धनगढीको ट्राफिक चौराहावाट शुरु भएको यात्रा आज पहिलो दिन वुडरमा वास वस्नेछ । टोलीले भोली स्याउले, सिलगढी हुँदै ९ गते खप्तड पुग्ने साईकल यात्रीहरुले योजना वनाएका छन । लायन्स क्लव अफ कैलाली फारवेष्टको सहकार्यमा हुन गईरहेको धनगढी–खप्तड साईकल यात्रीहरुलाई धनगढी जेसिज, एडभेन्चर वेष्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग गरेका छन ।
 

कमेन्ट लोड गर्नुस