सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विकासः छेउछाउमा ग्राभेल छैन्, बिचमा कालोपत्रे

२०७४ चैत्र १५, ०५:४८

धनगढी उप–महानगर क्षेत्रमा सडक कालोपत्रेका योजना छनौटमा चरम मनोमानी देखीएको छ। उप–महानगरपालिकाले विगतदेखि नै आवश्कता अनुसार सडक ग्राभेल र कालोपत्रे गर्नुको सट्टा पहुँचको भरमा कालोपत्रे र ग्राभेलका योजनाहरु बाँडिदै आएको छ। उप–महानगरपालीकाका कतिपय स्थानमा चलनचल्तीका सडक भन्दा पनि भित्रपट्टीका सडकलाई बिचमा मात्रै पक्की गरीएको छ। अहिले पनि धेरै त्यस्ता सडकहरु कालापत्रेको योजनमा परेका छन्।

विगतमा उप–महानगरपालिकामा रहेको दलिय संयन्त्रको मनोमानीका कारण अन्धाधुन्द रुपमा विकास भएको सरोकारवालाको बुझाई छ । तर अहिले निर्वाचीत जनप्रतिजिधी आईसक्दा समेत त्यो परिपाटीमा कुनै सुधार भने आएको छैन् । विगतमा धनगढी उप–महानगरपालिकामा रहेको दलिय संयन्त्रले आफ्नै आसेपासे र पहुँचवालाको बस्तीमा मात्रै कालोपत्रेका योजना दिने गरेका थिए । जस्ले गर्दा चलनचल्तीका सडकले ग्राभेल समेत पाएका छैनन् भने कम आवातजावत हुने सडकमा कालोपत्रे भईरहेको छ ।

उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र कार्की भने वडा स्तरबाटै योजनाको छनौट हुने भएकाले त्यस्तो भएको बताउछन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय कैलालीले कार्यान्वयन गरीरहेको सघन सहरी विकास कार्यक्रममा ९४ किलोमिटर, क्षेत्रीय सहरी विकास आयोजनामा ४२ किलोमिटर सडकको छनौट भने उप–महानगरपालिकाले नै गरेको हो। 

नगरपालिका स्थापना भएको ४ दशक भईसक्दा समेत अहिले सम्म नगर यातायात गुरुयोजना लागु नभएकाले यस्तो समस्या आएको उप–महानगरपालिकाका ईन्जिनियर कमल ओझाले बताए। धनगढी उप–महानगरपालीका वडा नम्वर ४ उत्तरवेहडीमा शिवपुरीधाम देखी चटकपुर जोड्ने सडकमा सबैभन्दा बढि आवतजावत हुन्छ। त्यसपछि उत्तरवेहडी भएर सहिद गेट जोड्ने भित्री सडक पनि चलनचल्तीमा छ। तर उप–महानगरपालिका र विगतमा जिल्ला विकास समितीले पनि यताउता पक्की नभएको तर कुनै टोल विशेषको बाटोलाई पक्की बनाएका छन्।

उत्तरवेहडी मात्रै नभई यस्ता ठेकटुप्पोमा पक्की नभएर बिचमा मात्रै कालोपत्रे गरीएका धनगढी उप–महानगरपालीका भित्रै दर्जन बढि सडक भेटीन्छन्। धनगढी उप–महानगरपालीकाको पटेला, जुगेडा, जाई, मट्यारी, बिशालनगर लगायतका स्थानमा पनि चलनचल्ती भन्दा पहुँचको भरमा बिचको केहि भाग मात्रै कालोपत्रे गरीएको छ । नगरको कुनै गुरुयोजना अनुसार भन्दा पनि पहुँचको भरमा भएको विकासले अस्तव्यस्तता बढाउने देखिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताए। धनगढी उप–महानगरपालिका भित्र साढे ८ सय किलोमिटर सडक छ। जस्मा अहिले सम्म बढिमा २ सय किलोमिटर मात्रै कालोपत्रे गरीएको छ, तर कुनै पनि दुरदर्शी योजना भने देखिएको छैन्। 

 

कमेन्ट लोड गर्नुस