सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चटकपुरमा शंकास्पद वस्तु फेला (भिडियो सहित)

२०७५ वैशाख २२, ०७:३४

धनगढीको चटकपुरमा शंकास्पद वस्तु फेला परेको छ । होटेल हटपट अगाडीको सडकमा शंकास्पद वस्तु फेला परेको हो । विप्लव माओवादीले आज वन्द आव्हान गरेकोमा जनजीवन त्रसित पार्नका लागि यसो गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।  सडकको पुर्वी तर्फ रहेको पोलमुनि स्टीलको डिव्वालाई प्याकिङ गरेर राखिएको छ भने त्यसको वरिपरी तारहरु छरिएका छन । सो आसापसको क्षेत्रलाई प्रहरीले घेरा हालेको छ । शंकास्पद वस्तु देखिएपछि वम डिष्पोजन टोलीलाई खवर गरिएको छ । अहिले केहीवेर वम डिष्पोजन टोली घटनास्थल पुग्दैछ । 
 

कमेन्ट लोड गर्नुस