सुदूर नेपाललाई विश्वसँग जोड्दै

तराईमा वाढी र डुवानको खतरा वढ्दै (अडियो रिर्पोट सहित)

चुरे क्षेत्रको अत्याधिक दोहन 

२०७५ वैशाख ३०, ०९:५८

कैलाली कञ्चनपुरको चुरे क्षेत्रको अत्याधिक दोहनले तराई क्षेत्रमा वाढी र डुवानको खतरा वढ्दै गएको छ । चुरे विनासपछि जमिनले पानी सोस्ने प्राकृतिक प्रक्रिया विथोलिदा यसले तराईमा वाढी र डुवानको खतरा वर्षेनी वढाउँदै लगेको हो । चुरेवाट पानीको बेग पनि नियन्त्रण हुन नसक्दा माटो, ढुंगा, गिट्टी, बालुवा सिधैं खोलामा पुग्दा यसले नदी र खोलाको सतह घट्दै लगेको छ । पानीको बेग नियन्त्रण गर्ने प्राकृतिक प्रक्रिया ध्वस्त भएपछि दुवै जिल्लाका तराई क्षेत्रमा अझ प्राकृतिक प्रकोपको खतरा वढाउँदै लगेको हो । 

तराई सकिएर उठेको (दक्षिण–उत्तर) पहिलो तथा महाभारतबाट ओर्लिंदा अन्तिम पहाडलाई चुरे भनिन्छ । यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको हुन्छ । तर सरकारी लापरवाहीले गर्दा चुरे भएर बग्ने नदी र खहरे खोला दोहनमा परेपछि यसले ठुला ठुला विकास ल्याउने खतराको घण्टी वजाईरहेको छ । चुरे विनासपछि पानी जमिनले सोस्ने प्राकृतिक प्रक्रिया विथोलिएपछि यसले तराईमा वाढी र डुवानको खतरा वर्षेनी वढाउँदै लगेको राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितीका सदस्य विदुर भारतीले वताए । 

आकाशबाट परेको पानी जमिनले सोस्ने र खोलामा पुगिसकेको पानीको बेग कम गर्ने प्राकृतिक प्रक्रिया बिथोलि सकेपछि यसले विभिन्न समस्याहरु निम्ताईरहेको छ । चुरे विनासपछि पानी जमिनले सोस्ने प्राकृतिक प्रक्रिया बिथोलियो । पानीको बेग पनि नियन्त्रण हुन सकेन । माटो, ढुंगा, गिटी, बालुवा लगायत सिधैं खोलामा पुगे । चुरे निकै खुकुलो माटोले बनेको हुँदा यसलाई जोगाउन त्यसै पनि चुनौतीपूर्ण हुन्छ तर चुरे क्षेत्रमा अवैध रुवमा फडानी हुन थालेपछि तराईमा विनाशहरु ल्याईरहेको प्रदेश नम्वर ७ को कलस्टर कार्यालय लम्कीमा राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम हेरिरहनुभएका हेमराज भट्टले जानकारी दिए । 

विज्ञहरुका अनुसार चुरे नांगिएपछि सानो वर्षाले पनि त्यहाँको ढुंगा, गिटी र माटो खहरे मार्फत बगाएर दुनभावर क्षेत्रमा पु¥याउछ । बगेर आएको गेग्रानले भावरको जमिनलाई थप कडा बनाइदिन्छ । यसले पनि पानी सोस्ने प्रक्रिया बन्द गरेको छ । वर्षाको सबै पानी खोलामा बेगले जान्छ । पानीको बेग नियन्त्रण गर्ने र त्यसलाई जमिनभित्र अलमल्याउने प्राकृतिक प्रक्रियाहरू सबै अवरुद्घ भएपछि दक्षिणतर्फका नदी तथा खोलाको सतह उकासिन्छ । जस्े गर्दा चुरेमा परेको सबै पानी उच्चबेगमा गाउबस्तीमा पुगेर यसले ठुलो क्षति पुराउने उच्च सम्भावना वढिरहेको चुरे र चुर भएर आउने नदीले निम्ताईरहेको जोखीम न्युनीकरणका लागि सञ्चालन गरिएको प्रदेश स्तरीय नदी प्रणाली अन्तर्गत सामाजिक परिचालन कार्यक्रमकी संयोजक क्षितिज विष्टले वताईन् । 

विज्ञहरुका अनुसार खोलामा भएका ठूलठूला ढुंगा र चट्टानले पनि पानीको बेग घटाउने काम गर्छन् । तर अहिले त्यस्ता चट्टान नदी खोलामा बाँकी छैनन् । चुरेबाट निस्किएका खहरे र ठूला खोलामा पानीको बहाव अत्याधिक भएपछि विगतका वर्षमा पुर्वी नेपालमा धेरै ठुलो क्षति हुँदै आएकोमा प्रदेश नम्वर ७ मा पनि यसको उच्च जोखीम रहेको छ । चुरे विनासकै कारण बाढी, नदीको धार परिवर्तन, नदी कटान, नदी सतह उकासिनुु, कृषिभूमिमा ह्रास, उत्पादन घट्नु, जमिनमुनिको पानी सतह घट्दै जानु, पानीका मुहान सुक्ने जस्ता समस्या तराईमा देखिएका छन् । त्यसैले चुरे संरक्षण सहितका अन्य जल उत्पन्न प्रकोप लगायतका व्यवस्थापनका कार्यक्रमहरु ल्याएर यसको संरक्षणमा जोड दिनुपर्ने विज्ञहरु वताउँछन । फेरी राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितीका सदस्य विदुर भारती व्यवस्थापन सहितका कार्यक्रम सञ्चालन गर्नुपर्ने वताउँछन । 

चुरेसँग तराईवासीको जीवन गाँसिएको छ । माटो र पानी संरक्षण गरेर चुरेले तराईको उर्वर भूमि जोगाउँछ र खाद्यान्न उत्पादनमा योगदान दिन्छ । जहाँ जंगल छ, त्यहाँ पानी छ, जहाँ पानी छ, त्यहाँ जीवन छ भन्ने जंगल जोगाउनका लागि चिप्को आन्दोलन चलाउनुभएका सुन्दरलाल वहुवुढाको भनाईलाई आत्मसाथ गर्न सकिएन भने चुरे विनासले मानव जीवन नै संकटमा पर्नेछ ।  त्यसैले अव  यसका लागि ढिलो गर्नु हुदैंन । 
अडियो सुन्नुहोस् 

कमेन्ट लोड गर्नुस