सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिजाईन सर्वेको काम सुरु गर्न ढिलाई (अडियो रिर्पोट सहित)

प्रदेश नम्वर ७ मा दुई नयाँ शहर

२०७५ वैशाख ३०, ०९:४१

कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्नका लागि डिजाईन सर्वेको काम गर्न ढिलाई भएको छ । कैलालीको भजनी र कञ्चनपुरको वेलौरीलाई पनि नयाँ शहरका रुपमा विकास गर्नका लागि सुरु हुनुपर्ने डिजाईन सर्वेको काम तोकिएकोभन्दा वढी समय हुँदा पनि सुरु हुन सकेको छैन । वैशाख ४ गते सम्झौता भएपछि वैशाख १९  गतेसम्म टोलीले सर्वेको काम सुरु गरिसक्नु पर्ने हो तर  टोली हिजो मात्रै आएको  छ । नगरपालिकाहरुले  सहयोग नगर्दा टोलीलाई काम गर्न कठिनाई भईरहेको छ । 

प्रदेश नम्वर ७ का दुई जिल्ला कैलाली र कञ्चनपुरका पुराना सदरमुकामलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि सुरु  गर्नुपर्ने डिजाईन सर्वेको काममा  ढिलाई भईरहेको हो । प्रदेश नम्वर ७ का दुवै शहरको डिजाईन सर्वे गर्नका लागि काठमाण्डौको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्ट जेभीले गत वैशाख ४ गते सम्झौता गर्दैै १५ दिनभित्र काम सुरु गर्न कार्य आदेश  दिईएको थियो । तर  टोलीले अहिलेसम्म पनि काम सुरु नगरेको  डिजाईन सर्वेका लागि आएको टोलीका संयोजक सुजन डिसीले वताए । 

भ्याट वाहेक ६८ लाख ३६ हजारमा सम्झौता गरेको परामर्शदाता कम्पनीले अवको ६ महिनाभित्र आफ्नो काम सम्पन्न गरेर नयाँ सडक आयोजनालाई त्यसको प्रतिवेदन वुझाउने प्रण गरेको अवस्थामा समयमै काम नगरेको हो । दुवै नगरपालिकालाई त्यसवारेमा जानकारी भएपनि डिजाईन सर्वेको टोली आए नआएको वारेमा थाहा छैन । दुई जिल्लाका दुई शहरलाई नयाँ शहर वनाउनका लागि डिजाईन सर्वेको कामलाई सहज पार्नका लागि आफुहरुको पनि सहयोग रहने वेलौरी नगरपालिकाका मेयर पतिलाल  चौधरीले जानकारी दिए । 

डिजाईन सर्वेका लागि आवश्यक पर्ने १२ जनाको विशेषज्ञ सहितको टोली फिल्डमा खटिने परामर्शदाता कम्पनीले वताए  पनि अहिले चार जना मात्रै आएका छन । नयाँ शहर आयोजना  अन्तर्गतका सरकारी अधिकारी र अन्य प्राविधिकहरु ऋाउन वाँकी रहेका छन । जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, मोडल जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाई सराई, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका आधारमा नयाँ शहरका लागि छनौट गरिएकाका स्थानमा डिजाईन सर्वेका लागि टोलीलाई सहयोग गर्ने भजनी नगरपालिकाका  मेयर शेरवहादुर चौधरीले वताए । 

हुलाकी राजमार्गले मुख्य मुख्य बजार नगरहरु जोड्ने शहरलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि डिजाईन सर्वेको काम सम्पन्न भएपछि मात्रै लागत अनुमान र त्यसको खाका तयार हुने भए पनि सुरुवाती चरणवाटै ढिलाई भईरहेको छ । हुने विरुवाको चिल्लो पात भनेझैं  सुरुवाती चरणकै काममा भईरहेको ढिलासुस्तीले नयाँ शहर वनाउन  धेरै समय त लाग्ने होईन आशंका वढेको छ । 
अडियो सुन्नुहोस्

कमेन्ट लोड गर्नुस