सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा वेवारिसे शव फेला

२०७५ जेठ ६, १२:०१

टीकापुर नगरपालिका वडा नम्बर ३ जमरा कुलो किनारामा वेवारिसे शव भेट्टीएको छ । करिब २०÷२१ वर्षकोे पुरुषको कुलो किनार खेतमा शव भेट्टीएको प्रहरीले जानकारी दिएको छ। अर्धनग्न  अस्थामा शव भेट्टीएको  र पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।  स्थानीय गोठालाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रकृति हेर्दा घटना अर्को ठा“उ गरी शव ल्याएर फालेको हुन सक्ने ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए। प्रहरी टोली घटना स्थलमा अनुसन्धान गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस