सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा खुकुरी प्रहारबाट एकको मृत्यु

२०७४ फाल्गुन १८, ०९:०३

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट टीकापुरका करण थापाको मृत्यू भएको छ । गएराती टीकापुरको खुल्ला मञ्चमा होली देउडा खेल्ने स्थानमा थापालाई खुकुरी प्रहार गरेको र शक्त घाईते थापाको टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२२ वर्षिय थापाको छाती र करङमा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । टीकापुर २ सितापुरका थापामाथि गएराति पौने १२ बजेतिर खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्नेको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । थापाको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ ।

कमेन्ट लोड गर्नुस