सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका युवकको हत्या आशंकामा ३ जना पक्राउ

मुत फेला परेका प्रविण थापामगर
मुत फेला परेका प्रविण थापामगर
२०७५ जेठ ७, १२:०२

कैलालीको टीकापुरमा मृत भेटिएका युवकको हत्या गरेको आशंकामा ३ जना पक्राउ परेका छन्। आईतवार टिकापुर नगरपालिका ३ को शंकपुरमा रहेको जमरा कुलो नजिकै खेतमा १६ वर्षीय युवक प्रविण थापामगरको शव फेला परेका थियो। खेतमा अर्धनग्न अवस्थामा भेटिएका मगरको हत्या गरेको आशंकामा प्रहरीले बिभिन्न स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएपनि उनिहरुको परिचय खुलाएको छैन । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरिक्षक शिवबहादुर सिंहले उक्त घटनाका सन्दर्भमा सोधपुछका लागि ३ जनालाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटना अनुसन्धानका क्रममा रहेकाले नियन्त्रणमा लिएकाहरुको परिचय खुलाउन नमिल्ने बताए। शवको पोष्टमआटम गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिए। यसअघि पनि गत फागुनमा होली खेल्ने क्रममा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको थियो। टीकापुरमा शृङ्खलाबद्ध रुपमा हत्याका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्। 
 

कमेन्ट लोड गर्नुस