सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोखिममै बर्खा कटाउनुपर्ने बाध्यता (भिडियो रिर्पोट)

निर्माण सुरु भएको ४ वर्ष सम्म पनि बनेन् मोहनापुल

२०७५ वैशाख ३१, ०३:०१

निर्माण सुरु भएको चार वर्ष पुग्नै लाग्दा समेत धनगढी राजघाट जोड्ने मोहना नदीमा पुल नवनेपछि यसपालीको बर्षात पनि जोखिमयुक्त यात्रामै कटाउनुपर्ने स्थानीयको वाध्यता भएको छ । झन्डै ४ वर्ष पहिले तत्कालीन मन्त्री तथा नेपालीका कांग्रेसका नेता एनपी साउँदले सिलन्यास गरेको पुलको निर्माण नसकिएपछि, कञ्चनपुरको साविक रैकवारविचुवा सहितका दर्जन गाविस अर्थात  हालको कृष्णपुर नगरपालिकाका स्थानीयलाई यसपालीको बर्षातमा पनि जोखिममै बिताउनुपर्ने बाध्यता आएको हो ।

३६ महिना निर्माण अवधि तोकिएको सो पुललाई २६ महिनामै सक्ने आश्वासन वाँडेका निर्माण व्यवसायी चन्द्रशेखर मल्लले थप गरिएको एक वर्षलाई पनि ख्याल ख्यालमै बिताएपछि  स्थानीयमा यस्तो बाध्यता आएको हो । कृष्णपुर नगरपालिका ९ घोडाघाटका स्थानीय महाविर महराले नदीमा पुल नबन्ने भएपछि फेरी पनि वर्षातमा जोखिममै यात्रा गर्नुपर्ने बाध्यता आइलागेको बताए । कहिले बर्षात त कहिले निर्माण सामाग्री अभाव देखाएर पुल निर्माणमा लापरवाही गरेका निर्माण व्यवसायीले चार  वर्ष बिताउँदा स्थानीय वासिन्दा निराश मात्र भएका छैनन् की उनीहरुमा आक्रोस पनि वढ्दै गएको  छ ।

निर्माण व्यवसायीले २६ महिनामै पुल बनाउने प्रतिबद्धता जनाएपछि सहज रुपमा आवातजावत गर्न सकिने भनी दंग भएका त्यस क्षेत्रका स्थानीयले सडक डिभिजन कार्यालयको उदासिनताका कारण निर्माण व्यवसायीले उन्मुक्ती पाइरहेको आरोप लगाएका छन् । उनीहरुले निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारवाहीको माग समेत गरेका छन् । कृष्णपुर  ९ राजघाटका अर्का स्थानीय बालकृष्ण अवस्थीले सरकार र ठेकेदारको लापरवाहीले ४ वर्ष सम्म पुल नबनेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले २६ महिनामै काम सक्छु भनेर प्रतिबद्धता जनाएका ठेकेदारले ४÷४ वर्ष सम्म पनि पुल नबन्नु हाँस्यादपद भएको बताए । काममा ढिलासुस्ती गरिरहेको निर्माण व्यवसायीलाई सरकारले कारवाही गर्ने चेतावनी पनि दिन नसकेको उनको भनाई छ । कृष्णपुर नगरपालिकाको रैकवार विचुवा क्षेत्रवाट धनगढी नजिक पर्ने हँुदा त्यहाँका सर्वसाधारणले वषौँदेखि सोही बाटोलाई प्रयोग गर्दै आएका छन् । गाँउका केही युवाहरुको पहलमा नदीमा काठे पुल त बनेको छ तर दैनिक भाडा तिरेर मात्र आवातजावत गर्नुपर्ने हँुदा स्थानीय मर्कामा परेका छन् ।

स्थानीय मोहनसिह महराले सुख्खायाममा त भाडा तिरेरै भएपनि आवातजावत गर्ने गरेपनि बर्षातमा काठे पुलले नधान्ने हुँदा जोखिम मोल्नुपर्ने   नियति बनेको जनाए । साढे ३ वर्षपछि बल्ल पुलका पिल्लर निर्माण गर्न थालेको निर्माण कम्पनी यसपालीको वर्षातलाई पनि वहाना वनाएर नै पन्छिने पक्षमा रहेको छ । काम गरेको जस्तो गरिरहेको निर्माण कमपनीले वर्षातपछि कामलाई तिव्रता दिने आश्वासन दिएको छ । निर्माण कम्पनी एलिड एड्भेन्चर जेभीेका ओभरसियर हिक्मत साँउद मलासीले अहिले पुलका पिल्लर निर्माण भइरहेको बताए ।

१ महिनामा दुवैतीरका पिल्लर नर्माण गरी २ महिना बिदा हुने र त्यसपछि मात्र काम अगाडी बढ्ने उनले जानकारी दिए । अघिल्लो वर्षमा काम सम्पन्न हुने समेत ओभरसियर मलासीले बताए । मोहना नदीको सो पुल कञ्चनपुरको रैकवार विचवासँगै साविकका अन्य आधा दर्जन गाविस जोड्ने पुल हो । त्यहाँ बर्षातका बेला बर्षेनी मानिसहरुको बगेर मृत्यु हुन्छ भने विद्यार्थीहरुको पढाईमा अवरोध हुदै आएको छ । अझ बर्षातमा विरामी हुनेहरुले नदी घट्ने आशै आशमा मृत्यु पर्खिनु पर्ने बाध्यता रहँदै आएको छ ।      
 

कमेन्ट लोड गर्नुस