सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भ्रमण बर्ष २०७५ सुरु

तस्विर: केशव विष्ट/ दिनेश खवर
तस्विर: केशव विष्ट/ दिनेश खवर
२०७५ वैशाख २२, ०५:४९

पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्ने लक्ष्य सहित आजदेखि कैलाली भ्रमण बर्ष सुरु भएको छ । प्रदेश ७ को प्रवेशद्वार कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत् उद्घाटन गरिएको हो । भ्रमण वर्षको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली आउने कार्यक्रम रहेपनि उहाँको व्यस्तताका कारण रक्षामन्त्री ईश्वर पोखरेलले भ्रमण वर्षको उद्धघाटन गर्नुभएको हो । भ्रमण बर्षको उद्धघाटन गर्दै रक्षामन्त्री पोखरेलले पर्यटनलाई जनजिवासंग जोड्न आग्रह गर्नुभयो । कैलालीको पर्यटनमा सघाउ पुगाउने लक्ष्यका साथ कैलाली जिल्ला समन्वय समिति र स्थानीय तहहरुको पहलमा भ्रमण वर्ष सुरु गरिएको हो । भ्रमण बर्षको उदघाटन कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, एमाले उपाध्यक्ष भिम रावल, माओबादी नेता लेखराज भट्ट, सभामुख अर्जुन थापा, प्रतिनिधि सभा सदस्य नारदमुखी राना लगायत जन निर्वाचीत प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट लोड गर्नुस