सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अंशबण्डाको नाममा प्लटिङ मौलायो (भिडियो सहित)

कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण जारी

२०७५ जेठ १२, ०७:३४

जग्गा प्लटिङमा रोक लगाईएपनि कैलाली जिल्लामा भने अंशबण्डाको नाममा प्लटिङ गर्ने परिपाटी मौलाएको छ । अंशबण्डा गर्दा एकै पटक दुई दर्जन बढि कित्ताकाट भईरहेको जिल्ला नापी कार्यालय कैलालीले जनाएको छ । जग्गा दलालहरुले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको थियो । पछिल्लो एक महिनामा मात्रै कैलाली जिल्लामा १ सय २१ वटा अंशबण्डा गरिएको छ ।

सामान्यत अंशबण्डा एकबाट दुई हुने भएपनि नापी कार्यालयको तथ्याङक अनुसार एकै परिवारमा अंशबण्डा हुदा दुई दर्जन वढि कित्ताकाट गरिएको छ । नापी कार्यालयकै अनुसार वैशाख महिनामा सिधै कित्ताकाट गर्दा ३ सय १४ वटा कित्ताको ६ सय २८ वटा कित्ता बनाईएको छ । तर अंसवण्डाको नाममा एकै पटक दुई दर्जन कित्ताकाट गरिदा अघोषीत रुपमा प्लटिङ जारी राखीएको छ । 
घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिइ दलालहरुले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको थियो । उक्त नितीले कारोवारीलाई सिधै कित्ताकाट गर्न समस्या भएकाले उनीहरुले अन्य उपाय अपनाएका हुन् । अंशबण्डाको नाम दिएर कित्ताकाट जारी राखिएकाले अहिले सम्म नापी र मालपोत कार्यालयमा जग्गा कारोवारको तथ्याङक घटेको छैन् । 
नयाँ निती अनुसार जग्गालाई टुक्राएर एक पटकमा दुई कित्ताभन्दा बढी बनाउन पाईदैन् । अंशियारबीच अंशबन्डा हुँदा र अदालतको फैसला बमोजिम कित्ताकाटमा रोक नलाग्ने पनि नितीमै उल्लेख गरिएको छ । सोही नितीलाई टेक्दै जग्गा दलालहरुले कृर्षीयोग्य जनिमलाई पनि आफुखुसी खण्डिकरण गरिहेका नापी कार्यालयका प्रमुख दयानन्द जोशीले बताए । 
अस्थायी मुकाम तोकिएसँगै धनगढीमा जग्गाका कारोबारीहरूले ३० देखि ५० प्रतिशतले घरजग्गाको मूल्य बढाएका छन् ।

राजधानीको आर्कषणले अहिले धनगढी नगर क्षेत्रभित्र घरजग्गा खरिद गर्न चाहनेको सङख्या पनि बढि छ । यही बेला घरघरेडीको कारोबार बढ्न भन्दै स्थानीय तहबाट पास नभए पनि खेतहरू प्लटिङ बढेको छ । राजधानीको घोषणाले कैलालीको धनगढी, देवरिया, फूलबारी, उर्मा लगायत क्षेत्रमा धेरै खेत प्लटिङ भएका नापी कार्यालयले जनाएको छ । 
सरकारले सिधै कित्ताकाट गर्दा बर्षमा एक पटक एक कित्ताको दुई बनाउने निती ल्यायो ।

तर अंशबण्डामा जतिपनि कित्ताकाट गर्न सकिने व्यवस्था कायमै राखेर अघोषीत रुपमा जग्गा प्लटिङको समर्थन जनाएको अनुभुती भएको छ । 

कमेन्ट लोड गर्नुस