सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा यातयातको गुडिरहेको बसमा आगलागी

२०७५ जेठ १२, ११:३१
उग्रतारा सार्वजनिक यातायात समिती डडेल्धुराको बसमा आगलागी भएको छ। सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा आज विहान ६ बजे तिर आगो लागेको हो। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत बर्दीयाको बासगढी नजिक बस गुडिरहेका बेला आगो लागेको उग्रतारा यातायात समितीले जनाएको छ। पश्चिम तर्फ नै आईरहेको अर्काे गाडी लाई ओभरट्याक गर्ने क्रममा अगाडिको चक्कामा एक्कासी आगो लागेको उग्रतारा सार्वजनिक यातायात समिति अध्यक्ष पदमराज जैसीले बताए। आगो दन्किएपछि बस जलेर पूर्ण रुपमा नष्ट भएको छ भने यात्रुहरु सबै सकुसल रहेको बर्दीया प्रहरीले जनाएको छ। 
४५ यात्रु सवार बसमा आगलागी भए पछि यात्रुहरु बाहिर निस्कीएका थिए। तार सर्ट भई आगो लागेको अनुमान गरिएको छ। उग्रतारा यातायातले केहि समय अगाडी चमेना गृह र शौचालय सहितको बस सञ्चालनमा ल्याएको थियो। 
कमेन्ट लोड गर्नुस