सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नाग पञ्चमी र गुहरी पर्व मनाईयो

पहाडी ७ जिल्लामा ओल्केको पनि रौनक

२०७५ साउन ३१, ०८:०६

आज श्रावण शुक्ल पञ्चमी, नाग वा सर्पको पूजा गरि नाग पञ्चमी मनाईएको छ । आजको दिन बिहानै उठी स्नान गर्दै दिप, कलश, गणेश पूजा गरि गोवरको नाग बनाई पूजा गर्ने र ढोकामा टाँस्ना परम्परा रहेको छ । सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता अनुसार नाग पञ्चमी मनाउने चलन छ । 
यस्तै थारु समुदायले आज सामुहिक रुपमा गुरही पर्व मनाएका छन् । धनगढीको क्याम्पस चोकमा सामुहिक रुपमा गुरही पर्व मनाईएको संखी संजाल कैलालीका संयोजक इन्दु थारुले बताउनुभयो । खेतीपाती सकिएपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका युवतीहरुले यो पर्व मनाउने चलन छ । बालबालिकाका आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग गुरही मनाउँदा निको हुने पनि जनविश्वास रहि आएको छ । भोली ओल्केकै अवसरमा धनगढीको शिवपुरी उत्तरामेश्वरम ज्योतीलिंग धाममा दर खाने कार्यक्रम पनि आयोजना गरिएको छ । 
उता प्रदेश नम्वर ७ का पहाडी जिल्लामा ओल्के पर्वको रौनक छ । भाद्र सक्रान्ति अर्थात भोली ओल्के पर्व मनाईन्छ । ओल्केका लागि काम विशेषले बाहीरीएकाहरु पनि जन्मथलोमा फर्किएका छन् । भोली ओल्केको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूँड र पक्वान्न आदि मान्यजन र आफन्तकोमा लगेर भेटघाट गर्न जाने चलन रहेको छ । 

कमेन्ट लोड गर्नुस