सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाफ म्याराथुनको पाँचौ संस्करणको तयारी सुरु

२०७४ चैत्र ६, ०६:१२

नयाँ वर्षको दिन आयोजना हुँदै आएको धनगढी हाफ म्याराथुनको पाँचौ संस्करणको तयारी सुरु भएको छ । धनगढी जेसिजल आयोजना गर्दै आएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको पाँचौं संस्करणको लागि विभिन्न समतिीहरु वनाएर तयारी सुरु गरिएको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । 

धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष कमल पनेरुको संयोजकत्वमा मुल आयोजनक समिती गठन गर्दै विभिन्न उप समिती मार्फत तयारी सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

 

प्रतियोगिताको मुख्य प्रायोजक प्रायोजकको खोजी लगायत आवश्यक अन्य तयारी सुरु गरिएको मुल आयोजक समितीका संयोजक पनेरुले वताए । 

 

पाँचौै संस्करणको हाफ म्याराथुन तीन विधामा आयोजना गरिनेमा पुरस्कार राशी भने यसपाली वृद्धि नगरिएको आयोजक धनगढी जेसिजले जनाएको छ ।

खुल्ला तर्फको हाफ म्याराथुन साढे २१ किलोमिटरमा प्रथम हुनेले ५१ हजार द्धितीय हुनेले  २५ हजार र तृतीय हुनेले १५ हजार नगद सहित प्रमाण पत्र पाउने धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाले वताए । 

 

त्यस्तै कर्पोरेश र अपांगता तर्फका दुई विधामा पनि प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ५, ३ र दुई हजार नगद सहित पुरस्कार पाउने अध्यक्ष ओझाले वताए । 
 

कमेन्ट लोड गर्नुस